0
निजगढसमाचार, बारा, २६ असोज
विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।
घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
   आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
   जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
जमरा राख्ने साइत सवा ११ देखि १२ बजेर ३ मीनेटसम्म 
आज घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृति योग एकै सयम परेको छ । चित्रा नक्षत्र र वैधृति योग एकै समयमा पर्दा कलश स्थापना गरी घटस्थापना गर्न नहुने ज्योतिषशास्त्रको रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
   चित्रा नक्षत्र सूर्य उदय देखि ५५ घडि ४५ पला ९२७ गते विहान ४ बजे १९ मीनेट ० सम्म रहने र वैधृति योग ४५ घडि १७ पला ९२७ गते विहान १ बजे ८ मीनेट० सम्म रहन्छ ।
तर, २६ गते नै ११ बजे १५ मिनेट १२ सेकेन्ड देखि १२ बजे ३ मीनेट १० सेकेन्डसम्म अभिजित मुहुर्त हुने हुँदा सो समयमा शुभ कार्य गर्दा माथिको दोष नलाग्ने रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ । त्यसैले यस दिन विहानको ११ बजे १५ मिनेट देखि १२ बजे ३ मिनेट सम्म घटस्थापना गर्दा शुभ रहने ज्योतिष पण्डितहरुले बताएका छन् ।
   घरघरमा जमरा राख्ने र सामुहिक रुपमा जमारा राख्ने दुई खाले परम्परा अनुसार बाराको गढीमाई नगरपालिका-१६ कतर्वास्थित नवदुर्गा मन्दिरमाको कोतघरमा आज सामुहिक जमरा राखिदैछ ।

Post a Comment

 
Top