0
निजगढसमाचार,निजगढ,२८ साउन  
विगत तीन दिन देखीको अविरल वर्षाका कारण निजगढको बजार क्षेत्रका अधिकांश भाग डुबानमा परेको छ । पूर्वपश्चिम राजमार्ग गएरातीदेखि ठप्प भएको छ । स्थानीय जमुना पैनामा पानीको बहाब उच्च भएको र त्यसले निकाश नपाउँदा बजार स्थित लच्काको दायाँबायाँ सयौं सवारी साधन रोकिएका छन् । क्षेत्रका घरहरुका तल्लो तल्लामा पानी पसेका कारण स्थानीयको लाखौंको क्षति भएको छ । स्थानीय ब्यवसायि प्रमोद सिग्देल, मणेश्वर घिमिरे लगायतको पसलमा पानी पस्दा सरसामान भिजेर नष्ट भएको छ । निर्माणाधिन नाला अलपत्र पारेर ठेकेदारले काम रोकेपछि नाला भरिएर पानी पसलमा पसेर अघिल्लो वर्षपनि ब्यवसाय सिग्देलको लाखौंको सिमेन्ट भिजेर नष्ट भएको थियो ।
निजगढको बजार क्षेत्र, बुद्धचोक, औतारटोल लगायका लगायतका क्षेत्र जलमग्न भएको छ भने सडक आसपासका झण्डै ५ सय भन्दा बढी घरहरुमा पानी पसेपछि जनजीवन प्रभावित भएको हो । निजगढ–६ औतारटोलका प्रकाश बुढाथोकीको गोठ पानीका कारण बत्किएको छ । स्थानीयले गोठमा रहेका बाख्रा पाठालाई भने बाहिर निकालेर क्षतिहुनबाट जोगाएका स्थानीय निर्मल भण्डारीले जानकारी दिनुभयो । त्यसैगरि औतारटोल चोकस्थित मधुकर सापकोटाको घरमा पानी परेर क्षति पुग्न थालेपछि सरसामान बाहिर निकालिएको स्थानीय दिपक पन्तले जानकारी दिनुभयो ।
निजगढ–८ गुम्बाटोलका गेन बहादुर गुरुङ्गको घरमा पानी पसेपछि स्थानीयले घरबाट सरसामान उद्धार गरेका छन् । घर धनी घरमा ताला लगाएर अस्पताल गएको उद्धारमा खटिएका माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बसन्त लामाले जानकारी दिनुभयो ।

तस्वीर सौजन्य ः रुद्र धिताल

Post a Comment

 
Top