0
निजगढसमाचार, निजगढ, २८ साउन
वर्षाका कारण बारामा एक जनाको मृत्यु भएको छ । बाराको सिम्रोनगढ नगपालिका ८ कचोर्वा बस्ने ४५ वर्षीया गहनी पासवानको घर भत्किएर मृत्यु भएको छ । राति सुतीरहेको समयमा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित नितनपुरटोलमो दलित बस्ती डुबानमा परेको छ । बाढीले स्थानीयहरुको घर बगाउँनुका साथै पसुपन्छि र खाद्यान्न, लत्ता कपडा  सम्पूर्ण समाग्री बगाएपछि बढीपडितहरु बिचल्लीमा परेका छन् ।
वर्षाका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग भर्खरै सञ्चालनमा आएको छ । विहान तीन बजेदेखि अवरुद्ध सडक दिउँसो एक बजे संचालनमा आएको हो । बाराको निजगढ सडक खण्डमा रहेको लच्कामा पानीको बहाबमा फसेको ट्रक र भ्यानलाई प्रहरीले स्काईभेटरको मद्धतले हटाएपछि सवारी सुचारु भएको हो ।
       

Post a Comment

 
Top