0
सांसद पुरुषोत्तम पौडेलको संलग्नता पुष्टि


निजगढसमाचार, निजगढ 
बकैया खोला ब्यक्तिको नाममा दर्ता भएको खुलासा भएको छ ।
निजगढ–४ स्थित बाघभैरव सामुायिक वन उपभोक्ता समुहको रकम खर्च गरेर विधान विपरित ब्यक्तिको नाममा दर्ता भएको खुलासा भएको छ ।
बकैया हाइड्रोपावर निजगढ कम्पनी लिमिटेडको नाममा दर्ता भएको कम्पनीमा नेकपा एमालेका बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलको समेत संलग्नता रहेको खुल्न आएको छ । 
कम्पनीमा पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेको पौडेल सहित नेकपा एमालेका नेता एवं निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष यमबहादुर खड्का (नारायण खड्का), काठमाण्डौंका ब्यापारी चन्द खतिवडा र राधा कन्ट्रक्सन सेयर सदस्य छन् । कम्पनीको अध्यक्ष भने समुहका अध्यक्ष समेत रहेका सुदर्शन लामिछाने छन् ।
सो खुलासा अध्यक्ष लामिछानेले रेडियो मध्य तराई ९४.४ मेगाहर्जको साप्ताहिक कार्यक्रम ‘प्रष्ट कुरा’ मा गरेका हुन् । 
कम्पनीका अध्यक्ष बाहेक अन्य सेयर सदस्य वन समुहका गैर उपभोक्ता हुन् । वन समुहको करिब १२ लाख खर्चेर प्राइभेट कम्पनी दर्ता गरिएको बारे उपभोक्ताहरु भने अनविज्ञ छन् । 
स्थानीय उपभोक्ता रमेश अर्यालले भने–‘कम्पनी नै खोलेर खोला दर्ता भएको हामीलाई थाहाँ छैन् । उनले भने–हामीलाई वन समुहले विद्युत निकाल्न रकम खर्च गरेको भन्ने मात्र थाहाँ छ ।  सामुदायीक वन ऐन विपरीत रहेको र वनको रकम दुरुपयोग गरी प्राईभेट कम्पनी दर्ता गर्नुमा गलत नियत देखिन्छ, उनले भने । 
७ वर्ष अघि दर्ता भएको कम्पनीले हालसम्म विद्युत उत्पादन प्रकृया सुरु नगरेर ‘झोलामा खोला’ राखेको पाईएको छ ।
वन क्षेत्रलाई सौन्दर्यकरण गर्नको निम्ति तारबार तथा शहीद हिरालाल पार्क प्रवेशद्धार निर्माणाधिन अवस्थामा भने रकम अभावको कारण पूरा गर्न सकिएको छैन ।

Post a Comment

 
Top