0
निजगढसमाचार, निजगढ, २५ जेठ 
असार १४ गते हुने स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिकाको मेयर पदको टिकटको लागि नेकपा एमालेबाट चार जना नेताको नाम प्रदेश कमिटीमा सिफारिस भएको छ ।
एमाले जिल्ला कमिटिले एक बहादुर श्रेष्ठ, नारायण प्रसाद गौतम, यमबहादुर खड्का र सुरथ पुरीको नाम प्रदेशलाई सिफारिस गरेको स्रोतले जनाएको छ । उनीहरु माधब नेपाल समुहका नेता हुन् । नारायण प्रसाद गौतम नेकपा एमालेका जिल्ला सदस्यमा हालै निर्वाचित नारायण प्रसाद गौतम बैद्धिक ब्यक्तित्वको रुपमा परिचित छन् । निजगढ बागदेवस्थित सहकारी, वन समुहका अध्यक्ष रहेका गौतम सार्वजनिक माध्यमिक विद्यालयका निर्वमान अध्यक्ष समेत हुन् ।
  पुरी निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष हुन् । उनी तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका स्वकीय सचिवको रुपमा जिम्मेवारी सम्हालेका पुरी केहि समययता राजनीतिमा निष्कृय बनेका थिए ।
स्रोतका अनुसार श्रेष्ठ र खड्का मध्य एकको छनौंट हुने आंकलन गरिएको छ । खड्काले टिकट पाउने सम्भावना प्रवल रहेको एमाले निकट स्रोतको भनाई छ । उनी सासंद पुरुषोत्तम पौडेल निकट मानिन्छन् । श्रेष्ठ साविक निजगढ गाविसका अध्यक्ष हुन् भने खड्का निजगढ खानेपानी संस्थाका अध्यक्ष हुन् । उनी पूर्व वडाध्यक्ष समेत हुन् । उनी राजनीतिकर्मी सहित ब्यवसायिका रुपमा समेत परिचित छन् । निर्वाचनमा खर्च गर्न सक्ने उम्मेदवारले टिकटमा प्राथमिकता पाउने गरेका छन् । 
यस अघि निजगढ नगर कमिटीले अम्बिका चौलागाई, दिल बहादुर लामा र सम्झना थापाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको थियो । ओली समुह निकट मानिएका चौलागाईको नाम जिल्लाबाटै सिफारिसमा नपरेको हो ।
उम्मेदवार घोषणामा ढिलाई 
उम्मेदवारी आसन्न निर्वाचनमा विभिन्न पार्टीले उम्मेदवार घोषणा तिब्र पारिरहदा नेकपा एमालेले भने अझैं उम्मेदवार घोषणा गरेको छैन् । यस अघि एमालेले पार्टी नगर कमिटीबाट मेयरका लागि सिफारिस गरिएका आंकाक्षिको नाम समेत सार्वजनिक गरेको थिएन् । निजगढका १३ वटा वडा मध्ये केहिको उम्मेदवार छनौंट भईसकेको भए पनि पार्टीले सार्वजनिक गरेको छैन् ।
पार्टीभित्र आंकाक्षि धेरै भएपछि मनोनयनको पछि मात्र उम्मेदवारको नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो । मनोनयन दर्ता भएपछि उम्मेदवार बन्न नमिल्ने हुनाले बागीको सम्भावन नहुने भएकाले यस्तो रणनीति बनाएको स्रोतको भनाई छ ।
सिफारिसमा नपरेपछि आक्रोस
पार्टी नगर अध्यक्ष लामाकी छोरी पेमा लामाले बुवाको नाम जिल्ला कमिटीबाट सिफारिसमा नपरेपछि सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी छिन् । उनले लेखकी छिन–२० औ वर्ष पार्टीको काम गर्दा योग्यता चाहीएन वा खोजिएन एउटा सिपाही झै अहोरात खटियो तर आज अवसर आउँदा योग्यता चाहियो अनि योग्यता खोजियो वहा गजब छ राजनीति अनि हजुर को नीति !  

Post a Comment

 
Top