0

निजगढसमाचार, निजगढ, ५ चैत्र ।


बारा जीतपुर सिमरा उपमहानगरपालिका–१५ नयाँबस्तीका स्थानीयले बारा क्षेत्र नं। ६ का एमाले सासंद एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको पुत्ता दहनको तयारी गरेका छन् ।
सुकुम्बासी समस्या समाधान आयोग बारामा सासंद पौडेलले चलखेल गरेर काम हुन नसक्दा हेटौंडाबाट सट्टा भर्ना भएर आएका स्थानीयको विचल्ली भएको भन्दै आक्रोशित स्थानीयले नयाँबस्ती चोकमा तस्वीर सहितको पुत्ला बनाएका छन् ।
पुत्लासंगै नेकपा एमाले जिन्दाबाद, पुरुषोत्तम पौडेल मुर्दाबाद, लालपुर्जा दोह्री मुर्दाबाद भन्ने नारा अंकित कागजमा बनाईएको साईनबोर्डमा समेत झुड्याईएको स्थानीयले निजगढसमाचारलाई जानकारी दिएका छन् ।
सासंद पौडेल विरुद्ध स्थानीयले पुत्ला दहनको तयारी गरेपछि नेकपा एमालेका नेताहरु डा। कृष्ण पौडेल, राजकुमार अर्याल पुगेर सम्झाउने प्रसाग गरेपनि स्थानीयले मानेका छैनन् । केहि बेरमा पुत्ला दहन गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
यस अघि निजगढ–८ खैरघारीका स्थानीयले पनि निर्वाचनमा लालपुर्जा बनाई दिन्छु भन्दै बाचा गरेर हालसम्म नबनाई दिएको भन्दै निजगढ नगरपालिका कार्यालयमा निवेदन दर्ता गराएका थिए । स्थानीयसंग पुर्जा बनाउन प्रति कठ्ठा एक सय रुपैया समेत संकलन गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

Post a Comment

 
Top