0

निजगढसमाचार, निजगढ, १ चैत्र ।

बाराको निजगढ–९ देउरालीपथ स्थित समुदायमा आधारित प्रसुती गृह अस्पतालका डाक्टर ढाकाराम लामिछानेमाथि आज अस्पतालको बैठक कक्षमा हातपात भएको छ । निजगढ–७ योजना टोलकी शान्ति लामाले डा. लामिछानेमाथि अस्पतालमा आज हातपात गरेकी हुन् । गत विहिबार अस्पतालमा उपचार गर्न जाँदा सामान्य चेकजाँच पनि नगरि रिफर भन्दै विरामी छाडेर हिँडेको भन्दै आक्रोशित विरामीको आफन्त र अस्पताल संचालक समिति विच आज अस्पतालमा भएको बार्तामा डा. लामिछानेले गैरजिम्बेवारी अभिब्यक्ति दिएको भन्दै पीडित लामाले पर्स र पानीको बोत्तल प्रहार गरेकी हुन् ।
अस्पताल संचालक समितिका अध्यक्ष एक बहादुर श्रेष्ठको उपस्थितिमा भएको बैठकमा डा. लामिछानेले गैरजिम्बेवारी अभिब्यक्ति दिएपछि अस्पतालले दुई दिन भित्र डा. लामिछानेलाई निस्काशित गर्ने मौखिक सहमति पछि वार्ता टुङ्गिएको वार्तामा सहभागि मिना लामाले जानकारी दिनुभयो ।
डा. लामिछानेसंग नर्सहरुको असन्तुष्टि
गत फागुन २ गते अस्पतालमा आएका डाक्टर लामिछानेको ब्यवहारप्रति अस्पतालका नर्स र अन्य कर्मचारी समेत असन्तुष्ट बनेका छन् । 

Post a Comment

 
Top