0

निजगढसमाचार, निजगढ, ५ चैत्र ।

बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका निजगढका एक युवाले निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितको पीडामा मल्हम लगाउने काम गरेका छन् । 
कोरियामा कार्यरत निजगढका–८ का सुवर्ण लामाले सांगेतिक समुह द अनोन ब्याण्डमार्फत पीडित आइते सिंह भुलनलाई सहयोग गरेका हुन् । 
आगलानीबाट घर गुमाएका भुलन आगोमा ढाड जलेर घाइते भएपछि आर्थिक अभावका कारण औषधि उपचार खर्च धान्न नसकेर गाउँमै घरेलु उपचार गराई रहेका खबर थाहाँ पाएपछि सहयोग लामाले गरेका हुन् ।
उनले पठाएको सहयोग बोकेर ब्याण्डका म्यानेजर सोमसिंह लामा भुलनको घरमा पुगेका थिए । उनले घाईते भुलनको उपचार सुरु गराएका छन् ।
दुई हप्ता अघि  त्यहाँ आगलागी हुँदा चार घर धुरी जलेर नष्ट भएको थियो । आगलागीमा करिबन २० लाख बराबरको जनधनको क्षति भएको अनुमान गरिएको छ ।
प्रवासी नेपालीहरुले आफ्नो गाँउ ठाउँमा विपत्ति आइलाग्दा सक्दो सहयोग गर्ने याड़सान नेपाली परिवार (समिति) ले पनि यस विषयमा चाडो छलफल गरि सक्दो आर्थिक सहयोग गर्ने स्वर्ण लामा सोनुले बताए ।

Post a Comment

 
Top