0


निजगढसमाचार, निजगढ, ४ चैत्र ।
बाराको निजगढ नगरपालिका कार्यालय प्रमुख विहीन बनेको छ । यहाँ कार्यरत कार्यकारी अधिकृत विमल कुमार पोखरेलको सरुवा भए पनि मन्त्रालयले नयाँ प्रमुख पठाएको छैन् । नगरपालिकाको वेबसाईडमा अधिकृत पोखरेलको फोटो राखिएको छ ।
करिब तीन वर्ष देखि कार्यरत कार्यकारी अधिकृत पोखरेलको आदर्श कोतवाल गाँउपालिकामा सरुवा भएको सूचना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको १३ घण्टा अघि वेबसाईडमा राखेको छ ।
मन्त्रालयका प्रवत्ता केदार नाथ शर्माले निजगढसमाचारसंग कुरा गर्दै जिल्लाका गाउँपालिकामा कार्यकारी अधिकृत तोकि सकेको र रमाना दिएर तु–हाजिर हुन भनिएको जानकारी दिए । नगरपालिकाको उपसचिव स्तरको प्रमुख पठाउने तयारी भईरहेको प्रबत्ता शर्माले बताए ।
मन्त्रालयले आर्दश कोतवाल गाँउपालिकामा पोख्रेल, करैयामाईमा नविन कुमार श्रीवास्तव, देवतालमा भावना पुडासैनी, परवानीपुरमा सरोज कुमार चौधरी, बारागढीमा सुजित कुमार साह, फेटामा ढाकाराम अर्याल, प्रसौनीमा हरीबहादुर भुजेल, सुवर्णमा राजेन्द्र प्रसाद पोखरेल, र पचरौटामा रचना श्रेष्ठलाई कार्यकारी अधिकृत तोकेको छ । निजगढ बाहेकका साविकका नगरपालिकाका प्रमुखको सरुवा भएको छैन् ।
 


Post a Comment

 
Top