0
निजगढसमाचार, निजगढ, २३ भदौं ।
नेकपा एमाले निजगढको वडा अध्यक्षका उम्मेदवारसंग दुई वटा नागरिकता रहेको भन्दै उजुरी परेको छ । 
निजगढ नगरपालिका वडा नं. ४ वडा अध्यक्षका उम्मेदवार जयराम कुनवर विरुद्ध उजुरी परेको हो । उनले किर्ते गरेर दुई पटक गरि दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता भएको गरेको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार चौधरीले उजुरी दिएका हुन् । 
नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले ईलका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लखेको निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिनुभयो ।
कुनवरले २०६० बैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुमरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नाममा २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत ३३३१०११/५९९ नम्बरको नागरिकता लिएको उजुरीकर्ता चौधरीको दाबी छ । 
कुनवरले उम्मेदवारी दर्ता गर्दा २०६८ बैशाख २९ गते निकालेको नागरिकता प्रतिलिपी पेश गरेका छन् । 
यसैविच कलैया उपमहानगरपालिकामा २ जना, जितपुर सिमरा उपमहानगरपालिकामा एक जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
    कलैया उपमहानगरपालिका वडा नं. १० का एमालेका वडाध्यक्षका उम्मेदवार कपिलदेव प्रसाद कानु र नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार धनसुन्दर महतो कोइरीमाथि उजुरी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । 
वडाध्यक्षका उम्मेदवारहरु अदालतबाट सजाय पाएको उजुरी वडाध्यक्षका उम्मेदवार नुर हसन मियाले दिएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।
त्यसैगरी जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १० का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद सिंह माथि उजुरी परेको छ । 
वडाध्यक्षका उम्मेदवार सिंहले शिक्षकबाट अवकाश भई पेन्सन खाइरहेको विषयसहितको उजुरी परेको निर्वाचन अधिकृत वीरप्रसाद भुर्तेलले जानकारी  दिनुभयो । उहाँहरुलाई शुक्रबार ११ बजेसम्म जवाफ पेश गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

Post a Comment

 
Top