0
निजगढसमाचार, निजगढ, ११ फागुन ।
 नेकपा एमाले निकट अनेरास्ववियु बारा क्षेत्र न.१ को क्षेत्रीय कमिटी गठन आज गठन भएको छ ।
बाराको निजगढ–९ ठाडोलाईनस्थित गौरी शङ्कर क्याम्पसमा भएको बिद्यार्थीहरु भेलाले सौरभ अधिकारीको अध्यक्षतामा २३ सदस्यीय अनेरास्ववियु बारा क्षेत्र न.१ को क्षेत्रीय कमिटी गठन भएको हो ।
नव गठित कमिटीको उपाध्यक्षमा नबिन चौधरी, सचिवमा मुना लामा, सदस्यहरुमा मुकेश साह, सृजना चौधरी, प्रमिला बजगाई, अल्का पोख्रेल, अञ्जना थिङ्ग लगायत रहेका छन् ।
कमिटी गठन कार्यक्रममा एमालेका जिल्ला सचिबालय सदस्यहरु नारायण गौतम, ढुङ्दिराज उप्रेति, एक बहादुर श्रेष्ठ अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य तथा बिद्यार्थी इन्चार्ज तारा बहादुर कार्कि, अनेरास्ववियुका राष्ट्रिय प्रतिनिधि सदस्य त्रिलोक बिक्रम शाह, जिल्ला सह संयोजक भैयाराम साह, सदस्य राजेश गुप्ताको उपस्तिथि रहेको थियो ।
एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक
नेकपा एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।
पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
बैठकपछि एमाले सचिव भट्टराईले भने- दुई पार्टीबीच एकता प्रक्रियानै अघि बढेको सन्दर्भमा पार्टीका अधिवेशन सम्मेलन, जनसंगठनका अधिवेशन तथा सम्मेलनको मिति तोकिए पनि पार्टी एकताको संवेदशीलताका कारण स्थगित गर्ने निर्णय भएको छ ।
अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् । स्थायी कमिटी बैठकले एमाले र माओवादीबीच पार्टी एकताका सन्दर्भमा भएको ७ बुँदे सहमतिलाई ग्रहण गर्दै अनुमोदन गरेको छ ।

Post a Comment

 
Top