0

सुगम पोख्रेल, मेलिना राई, दुर्गेश थापा, हास्य जोडी कक्रोज र बले आउँने 

 निजगढसमाचार, निजगढ, ८ फागुन ।
यो वर्षको प्रि–होली कन्सर्ट फागुन १२ गते हुने भएको छ । युथ अफ निजगढले आयोजना गर्दैै आएको सांगेतिक कार्यधक्रम ‘प्रि–होली’ मा नेपालका ख्याती प्राप्त कलाकार सहित स्थानीय प्रतिभाको सांगेतिक तथा नृत्य प्रस्तुत गरिदै आएको छ ।
यो वर्षको कार्यक्रममा चर्चित गायक सुगम पोख्रेल, मेलिना राई, दुर्गेश थापा, हास्य जोडी कक्रोज र बले लगायत कलाकार आउँने पक्का भएको कलाकार संयोजक रमेश अधिकारीले बताए । 
निजगढ–८ बजारस्थित गौरीशंकर माध्यमिक विद्यालयमा हुने कार्यक्रमको तयारीका लागि आयोजक क्लब सक्रिय भएको छ ।  कार्यक्रम सफल पार्न सबैले सहयोग गर्नुपर्ने क्लबका अध्यक्ष उत्सव श्रेष्ठले बताए ।

Post a Comment

 
Top