0

निजगढसमाचार, निजगढ, १४ फागुन ।


निजगढ नगरपालिका भवन निर्माण प्रकरणलाई लिएर विवादमा तानिएको प्रतिष्ठा कन्ट्रक्सन काठमाण्डौंलाई निजगढका युवाहरुले न्यानो आतिथ्यता दिएका छन् । निजगढ–८ गौरीशंकर उच्च माध्यमिक विद्यालय प्राङ्गढमा युथ अफ निजगढले आयोजना गरेको ‘प्रि होली कन्सर्ट–३’ मा विवादास्पत कन्ट्रक्सन केहि रकम सहयोग गरेको भन्दै आसन ग्रहण गराईएको हो । कार्यक्रममा कम्पनीको प्रतिनिधित्व गर्दै कोहि पनि सहभागि भने थिएनन् ।
कमसल भवन निर्माण प्रकरणलाई लिएर युथ अफ निजगढले समेत स्थलगत अनुगमन गरि निर्माणमा कन्ट्रक्सन कम्पनी दोषी रहेको भन्दै विरोध जनाएका थिए । निजगढका राजनीतिक दलहरुले समेत विरोध जनाएपछि हालसम्म निर्माण रोकिएको छ ।
प्राज्ञ आशाकाजी श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, गौरीशंकर क्याम्पस प्रमुख रामप्रसाद गौतम, समाजसेवी एकबहादुर श्रेष्ठ, सुरेश खनाल लगायत विशिष्ठ अतिथिको रुपमा आशन ग्रहण गरेका छन् । क्लबका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता, महासचिव सागर तामाङ्गको स्वागत, मनिता पाण्डे, भाईकाजी श्रेष्ठ लगायतको संचालनमा भईरहेको कार्यक्रममा निजगढका विभिन्न राजनीतिक दलका प्रमुख, विभिन्न संघ संस्था र दाताहरुले आतिथ्यता ग्रहण गरेका छन् ।
उद्घाटन कार्यक्रम पछि नेपालकै चर्चित गायक शिव परियार लगायत विभिन्न गायक गायिकाका साथै हास्य कलाकार जिग्री र पाँडेले आफ्नो प्रस्तुति दिने बताईएको छ । 

Post a Comment

 
Top