0
निजगढसमाचार, बीरगंज, २ मङ्सिर ।
‘म जुन तिमी तारा’ नामक सुमधुर गीतबाट निकै चर्चा बटुलेका गायक तथा सङ्गगीतकार अनुप तिवारी आफनो एल्बम लभ एन्थमकोे नयाँ गीत एक मिशाल ल्याउने तर्खरमा छन् । ‘लभ एन्थम’ एल्बमको दास्रो गीत ‘एक मिशालमा’ सुरभी मिश्रा एवम् अनुप तिवारीको स्वर रहेको छ भने लिरिक्स् एवम् संङ्गगीत अनुप तिवारी स्वयम्ले गरेका छन् । आफनो पहिलो गीत म जुन तिमी तारामा एक्लै गायक, संङ्गगीतकार एवम् लेखकको भुमिका निर्वाह गरेका अनुपलाई यसपालि सुरभीले सघाएकी छिन् । सुरभी मिश्रा वीरगञ्ज आइडलको उपाधी पाएकी गायिका रहेकी छिन् । एल्बममा पहिलो चोटि गाउदै सुरभीले यस गीतबाट डेब्यु गर्दै छिन् ।
म जुन तिमि ताराको अपार सफलता पछि आफुले यो गीत ल्याउन लागेको अनुपले बताएका छन् ।

Post a Comment

 
Top