0
निजगढसमाचार, निजगढ, २ मंसिर
बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं द्रुतमार्ग (फास्टट्रयाक) यहाँका युवाहरुले पैदल यात्रा गर्ने भएका छन् ।
द्रुतमार्ग र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्याकर्षण गराउने उद्देश्यले मंसिर १७ गतेबाट ‘फाष्ट ट्रयाक मार्गमा पैदल यात्रा’ गर्न लागिएको हो ।
अभियानको अगुवाई गरिरहेका निजगढका युवा रविराज दंगालले कार्यक्रमको सन्दर्भमा सल्लाह, सुझाव, सहभागिता र सहयोगका लागि मंसिर ५ गते आईतबार छलफल कार्यक्रम राखेका छन् । उद्योग वाणिज्य संघ निजगढको सभाहलमा विहान ११ बजे छलफल राखिएको दंगालले बताए ।
यस अघि काठमाण्डौंमा भएको छलफलमा निजगढ घर भई काठमाण्डौं बस्दै आएका युवाहरुको भेलाले अभियान सफल पार्न समन्वय समिति समेत गठन गरेको थियो । पोल्ट्री ब्यवसायि ऋषी बडालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको काठमाण्डौं समन्वय समितिका मिडिया कोडिनेटर रिसब गौतमले जानकारी दिए ।

Post a Comment

 
Top