0
निजगढसमाचार, निजगढ, १ मंसिर
उर्जा राज्य मन्त्री सत्यनारायण भगतले बाराको निजगढ नगरपालिकास्थित लाल बकैया खोलाबाट विद्युत उत्पादन गर्न प्रकृया थाल्ने बताएका छन् । लालबकैया खोलाको मोहोरीको स्थलगत निरिक्षण गर्दै उर्जा राज्यमन्त्री भगतले यस्तो बताएका हुन् ।
स्थलगत निरिक्षणपछि मन्त्री र प्राविधिकले विधुत उत्पादनको प्रचुर सम्भावना रहेको र तत्काल प्राविधिकको टोलि पठाई काम अगाडि बढाउने राज्यमन्त्री भगतले स्थानीयमाझ प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका रौतहट जिल्लाका सांसद समेत रहेको भगतले झोलमा रहेको बकैया खोला झोलामा नराख्ने र राखेकालाई खारेज गरिने प्रतिकृया दिए ।
राज्यमन्त्री भगतलाई बागदेवमा स्वागत गरिएको थियो । उनले सहिद हिरालालको शालिकमा माल्यार्पण पनि गरेका थिए ।
निरीक्षणमा बाराका नेकपा माओबादी केन्द्रका नेता राजन पौडेल, बेनि बहादुर मोक्तान, रौतहटका यकराज थापा, बिन्देश्वर यादव, सुबोध यादव, विद्यार्थी नेता रविराज दंगाल, विद्युत विभागका प्राविधिक हेमन्त घिमिरे, राजकुमार श्रेष्ठ, निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, सब इन्जिनियर नवीन खनाल लगायत पुगेका थिए ।

Post a Comment

 
Top