0
निजगढसमाचार, निजगढ, २ मंसिर ।
बाराको निजगढ–८ विद्यानगर टोलका चण्डिका विश्वकर्माका १३ वर्षिय छोरा रोहित विश्वकर्मा विगत कार्तिक २४ गते देखि बेपत्ता भएका छन् ।
स्थानीय गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत रोहित घरमा कोहि नभएको बेला लत्ताकपडा ब्यागमा भरेर हिडे देखि सम्पर्कमा आएका छैनन् । रोहित निलो पाईन्ट र कोठे सर्ट लगाएर सोही दिन विहान मोहोरी घुम्न गएका थिए । दिउँसो २ बजे घर फर्किएको छिमेकीले देखेका थिए ।
छोरा बेपत्ता भएपछि उनी आमा चण्डिकाले आफन्त र साथीभाईको घरमा खोज्दा कतै नभेटिएपछि चिन्तित बनेकी छिन् । छोराको खोजीको लागि चण्डिकाले प्रहरीमा निवेदन दर्ता गरेकी छिन् । छोराको खोजीका लागि उनले सञ्चारकर्मी, मानवअधिकारकर्मीसंग आग्रह गरेकी छिन् । उनले छोरोलाई देख्ने वित्तिकै नजिकको प्रहरी कार्यालय वा ९८०९१९८०२१ मा सम्पर्क गरिदिन अनुरोध गरेकी छिन् ।

Post a Comment

 
Top