0
निजगढसमाचार, वीरगंज, ३ मंसिर ।
 नारायणी यातायात बस व्यवसायी सङ्घ, वीरगंजको अध्यक्षमा विनोद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको ९ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा  १५ सदस्य नया“ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
सङ्घको नवनिर्मित भवनमा आयोजित साधारणसभाबाट नव गठित कार्यसमितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा भुपेन्द्र साह, सहसचिवमा रोशन झा र कोषाध्यक्षमाा शंभु गुप्ता चयन गरेको छ ।
यसअघि साधारण सभाको मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका पर्साका अध्यक्ष शशिकपूर मिया“ले उद्घाटन गरेका थिए । सङ्घका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष दोलानाथ खनालले पठाएको मन्तव्य पढेर सुनाइएको थियो । यसैगरी उद्घाटनसत्रमा एमालेका पूर्व केन्द्रीय सदस्य अच्युत मैनाली, पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष केसी लामिछाने, प्रेस युनियनका केन्द्रीय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, लोमस पर्साका अध्यक्ष सुन्दर कुर्मी, तरूण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेल, एरो इन्टरनेशनलका प्रेम कुमार, ओमनी इन्टरनेशनलका इन्दुकान्त दासलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष सुमन श्रेष्ठको स्वागत र पत्रकार जीयालाल साहको सहजीकरण रहेको थियो ।

Post a Comment

 
Top