0
निजगढसमाचार, निजगढ, २ मंसिर ।
एनआईसी एशिया बैंक लिमिटेडको ७९ औं शाखा बाराको जितपुरमा यसैसाताबाट संचालनमा आएको छ । गढीमाई नगरपालिका वार्ड नं. ७ जीतपुर बजारमा शाखाको मंगलबारबाट शुभारम्भ गरिएको हो । एनआईसी एशिया बैंक लिमिटेडको देशभर यो शाखा संगै  ७९ वटा शाखा र एटीएम मेसिनको संख्या ६९ पुगेको सो बैंकका वीरगंज शाखाका ऋण प्रबन्धक सन्तोष कुमार साहले जानकारी दिए ।
कार्यक्रममा जीतपुर शाखाका प्रबन्धक गोपाल सुवेदी, वीरगंज शाखाका प्रबन्धक सन्तोष बुढाथोकी, जीतपुर उद्योग वाणिज्य संघका अध्यक्ष  घनश्याम गिरी लगायत स्थानिय सेवाग्राही, उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top