0
निजगढसमाचार, निजगढ, २ मंसिर
पर्सा बन्य जन्तु आरक्षमा जारी पथ पर्दशक  ‘गाईड’ तालिम अन्र्तगत आजदेखि जंगल ड्राईभ सुरु भएको छ । तीन दशक अघि स्थापना भएर पनि पर्यटक आर्कषण गर्न नसकेको आरक्षमा पर्यटन विकासको लागि तालिम संचालन भईरहेको छ ।
पर्यापर्यटन प्रबद्र्धन गर्न स्थापना भएको आरक्ष घुम्म चाहाने पर्यटकहरुलाई अत्यवाश्यक पर्ने गाईड नहुँदा पर्यटक आकर्षित हुन नसकेको भन्दै कार्तिक २५ गते देखि तालिम सुरु गरिएको हो । तालिमको ८ औं दिन २५ जना प्रशिक्षार्थीलाई आरक्ष र पर्यटनकलाई पथ पर्दशकको रुपमा आवश्यक ज्ञान हासिल गराउने उद्देश्यले जंगल सफारी गरिएको हो ।
आरक्ष होटल व्यवसायी र पर्यटन विकास प्रवद्र्धनको संयुक्त आयोजनामा भइरहेको तालिममा आरक्षको विविध पक्षबारे प्रशिक्षण गराउने काम भइरहेको होटल ब्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आरक्षको भ्रमण अवलोकन, जंगल सफारी, हात्ती सवारीलगायत काममा सघाउन तालिम प्रभावकारी हुने उनले बताए ।
आरक्षका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद कण्डेलले पर्सा वन्यजन्तु आरक्षको संरक्षण, विकास तथा प्रचारप्रसारको लागि टुरिस्ट गाइडहरूको तालिम आयोजना भएको बताए ।
तालिमममा बाराको निजगढ, सिमरा र अमलेखगंजबाट सात–सात जना र पर्साको सुवर्णपुर र वीरगंजबाट दुई–दुई जना गरी २५ जना सहभागी छन् । प्राकृतिक पथ प्रदर्शक तालिम १० दिन सम्म चल्ने छ । पर्यटकका लागि पथप्रदर्शक हुन आवश्यक शैक्षिक तथा स्थलगत जानकारीका लागि ध्यानमा राखेर दक्ष प्रशिक्षकबाट तालिम दिईरहेको कण्डेलले बताए ।
ढिलै भए पनि तालिम आयोजना भएपछि सहभागीहरू उत्सुक देखिएका र आगामी दिनमा पर्यटकहरूलाई घुमाएर जीविकोपार्जन गर्ने काममा उनीहरू खट्ने विश्वास राखिएको राखेपका पूर्व सदस्य सचिब एबम पर्यटन ब्यवसायि युवराज लामाले बताए ।
तालिममा जिल्लास्थित विभिन्न राजनैतिक दलका नेता, विभिन्न संघसंस्थाका अगुवा र विद्यालय तथा कलेजका प्रमुखहरु पुग्ने गरेका छन् । यसअघि तालिम उद्घाटन पर्सा बन्यजन्तु आरक्ष आधाभारका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गरेका थिए । कार्यक्रममा पुर्व सभासद जयराम दाहाल, राखेपका पुर्व सदस्य सचिव युवराज लामा, बाराका स्थानीय विकास अधिकारी भरत ढुगांना, तारा दल गण प्रमुख सेनाली सरोज अधिकारी, नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल,  नेपाली कांगेसका छबिलाल शर्मा,  राप्रपा नेपालका जिल्ला प्रतिनिधि माधव त्रिपाठी, निजगढ नगरपालिका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, सवईन्जिनियर नविन खनाल, गढिमाई नगरपालिकाका कार्यकारी अधिकृत डिल्लिराज बेलवासे, पर्यटन कार्यालय बिरगंजका प्रमुख गजेन्द्र यादव, जनहित मध्यवर्ती बन उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ, अम्लेश्वर बन समितीका राजकुमार मानन्धर, होटल ब्यावसायी संघ पर्सा दिपक मान श्रेष्ठ, मकवानपुरका अध्यक्ष भागिरथ शर्मा र मकवानपुरका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाराका सभापति  कमल कुमार उपाध्याय लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन नागमणी बन उपभोक्ता समितीका अध्यक्ष रबिराज दंगालले गरेका थिए ।

Post a Comment

 
Top