0
निजगढसमाचार, वीरगंज १ मंसिर ।
कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने उद्देश्यका साथ सरकारले पर्साको बहुअरी सुगौली स्थित शारदा माविमा आजबाट जेटिए सम्बन्धी १८ महिने र ३ वर्षे कोर्ष संचालन गरेको छ ।
   कृषि सम्बन्धी पठन पाठन हुने कक्षाको आज एक समारोहका बिच पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द्र बहादुर अमात्यले शुभारम्भ गर्दै कृषि क्षेत्रको विकासबाटै मुलुकको उन्नती हुने हु“दा पर्सामा कृषि सम्बन्धी विषयमा पठन पाठन शुरु गरिएको बताउनुभयो । उहाले व्यवसायिक कृषि बाट मात्रै देशको सम्बृद्धि हुने हुँदा यसका लागि आवश्यक जनशक्ति तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
   सो अवसरमा सांसद अमात्यले शारदा मा.विलाई संसदीय विकास कोषबाट कृषि विषयको पठन पाठनका लागि आफूले १० लाख  रुपैया प्रदान गर्ने घोषणा समेत गर्नुभयो । पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पटना युनिभर्सिटिका डिन जुगल कुमार किशोर, कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख, जिल्ला कृषि कार्यालयका प्रमुख विरेन्द्र कुमार सिन्हा, स्थानिय राम विशाल यादव, खुरम आलम, प्रेम चन्द्र दुवे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Post a Comment

 
Top