0
निजगढसमाचार, निजगढ, २ मंसिर ।
नेपाल अपाङ्ग सेवा सङ्घ बाराको अध्यक्ष गङ्गा प्रसाद वाग्लेले भोली मङ्सिर ३ गते काठमाडौंमा सम्पन्न हुन लागेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको मध्यमाञ्चल क्षेत्रिय अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
  विगत १५ बर्ष देखि अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार शिक्षा स्वास्थ्य रोजगारी आय आर्जन वकालत क्षमता अभिवृदी नेतृत्व विकास सस्थाको सामुदायिक भवन निर्माण तथा जग्गा सस्थाको नाममा भोगाधिकार लगायत धेरै कृयाकलापहरु सञ्चालन गनै सफल वाग्ले उम्मेवारी दिन लागेका हुन् । प्रशसनिय कार्य गरे वापत नेपाल सरकारबाट समेत उनी सम्मानित भएका छन् । 
महासङ्घको मध्यमाञ्चल क्षेत्रको वेतिथि र अव्यवस्थित सरचनालाई चिर्दै व्यवस्थित बनाउन मनमा उर्जा प्राप्त भएकोले सो काम सम्पन्न गर्न अध्यक्ष पदमा क्षेत्रिय अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले मतदान गरि विजयी गराउन सबै अपाङ्गता अधिकारकर्मि सस्था तथा प्रतिनिधिलाई अनुरोध गरेका छन् । 

Post a Comment

 
Top