0
निजगढसमाचार, निजगढ, २६ फागुन ।

बाराको निजगढमा एक जोडले आज अन्र्तजाती विवाह गरेका छन् । मगर समुदायकी सुर्यकुमारी आले र  दलित समुदायका रितेश सुनार विच निजगढ–९ ठाडोलाईनमा जज्ञ पोलेर विवाह गरेका हुन् ।
निजगढ–७ लच्का निवासी रितेश ब्याण्ड बाजा बजाउँदै जन्ति सहित सुर्यकुमारीको घरमा पुगेका थिए । सयौं जन्ति सहित पुगेका रितेशले हिन्दु परम्परा अनुसार ब्राम्हण डिक नाथ पौडेलले विवाह गराएका हुन् । सुर्यकुमारीलाई उनकी दाजु कुमार आले मगरले कन्यदान गरेका थिए । केहि वर्ष अघि हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका बुवा–आमाको रितेशको विवाहमा उनका ठुलबुवा राम सुनार र मामा शरण सुनारले जिम्मेवारी निभाएका थिए ।
साढे तीन वर्ष लामो प्रेम सम्बन्धलाई सफल पार्दै रितेश–सुर्यकुमारीले लगनगाँठो कसेका हुन् । सुर्यकुमारीले ब्यूटी पार्लर ब्यवसाय संचालन गर्दै आएकी छिन् भने रितेश सुन पसलमा काम गर्छन् ।
लामो प्रेम सम्बन्ध पछि बैवाहिक बन्धनमा बाधिँन आफ्नो घरपरिवारलाई अन्र्तजातीय विवाहको लागि मनाउन सफल हुदाँ दङ्ग परेकी सुर्यकुमारीले गाँउघर–छरछिमेकहरु भने खुलेर विवाहमा नआएको भन्दै मन खिन्न पारिन् ।  

Post a Comment

 
Top