0


निजगढसमाचार, निजगढ, २२ फागुन ।
निजगढ–१२ थलीमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय आईते भोलनको घरबाट सुरु भएको आगो फैलिएको आगो अझैं नियन्त्रणमा आएको छैन् । आगलागीबाट भोलन सहित सुमन बहादुर मोक्तानको घर पुर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक दिपक रायले जानकारी दिए ।
प्रहरी टोली केहि बेरमा त्यहाँ पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको छ । अझैं सम्म घटनास्थलमा बारुण यन्त्र नपुगेको कारण आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । स्थानीयवासी, प्रहरी अहिले आगो नियन्त्रणमा जुटेका छन् ।
आगालागीबाट ९४ वर्षिय भोलन घाईते भएका छन् । उनलाई उपचारका लागि एम्बुलेन्समा निजगढ ल्याईएको स्थानीय औतार वाईवाले जानकारी दिए ।

Post a Comment

 
Top