0


निजगढसमाचार, निजगढ, २५ फागनु ।
१ सय ७ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बाराको निजगढमा कार्यक्रम गरी मनाईदैछ । अन्तराष्ट्रिय महिला दिवसकै अवसर पारेर बुधबार निजगढ नगरपालिका कार्यालयको सहयोगमा अन्तराष्ट्रिय महिला दिवस विशेष समितिको आयोजनामा निजगढस्थित बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको शभाहलमा विशेष कार्यक्रम आयोजना भईरहेको छ ।
सासंद मधु शाही ठकुरीको प्रमुख आतिथ्यतामा भईरहेको कार्यक्रममा पूर्व सभासद् विभा कार्की, महिला नेतृ शिला खनाल, दुर्गा कोईराला लगायत विभिन्न पार्टी तथा संस्थाका अगुवा महिलाहरुको आतिथ्यतामा भईरहेको कार्यक्रको अध्यक्षता आयोजक समितिकी संयोजक प्रमिला नेपालले गरिरहेकी छिन भने कार्यक्रममा स्वागत धनमाया लामा, संचालन कल्पना खरेल र कार्यक्रम बारे प्रकाश अन्जु नेपालीले गरेकी छिन् । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रम जारी छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको नारा बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाईला र महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार भन्ने नारा तय गरेको छ ।
यसै अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । नेपालमा महिला सशक्तिकरणको नाममा सीप दिने काम विगतमा भएपनि त्यसलाई रोजगारीसँग जोड्ने काम नभएकाले यस वर्षको महिला दिवसले रोजगारीलाई मुख्य प्राथमिकता दिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले बताए ।
अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालले दिनु भएको शुभकामना सन्देशमा सबै नेपाली महिलाहरुको सुःख, शान्ति र समृद्धिको कामना गरिएको छ ।

Post a Comment

 
Top