0
निजगढसमाचार, निजगढ, २५ फागनु ।

नेकपा एमालेको मेचिमहाकाली अभियानको क्रममा सप्तरीमा प्रहरीको गोली लागेर ४ जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको घटनाको विरोधमा आज बाराको निजगढमा विरोध ¥याली निस्केको छ । संयुक्त मधेसी मोर्चाको आयोजनामा निजगढ बजारदेखि भमरा पुलसम्म आयोजित ¥याली पुनः बजारमा आएर कोणसभामा परिणत भएको थियो ।
मोर्चाका संयोजक बुद्धिमान घिसिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका निजगढ अध्यक्ष मोजहर मन्सुर, सचिव जुलुफकार आलम लगायतको विशेष उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दैै घिसिङ्गले हत्यारालाई कारवार्ही गर्न माग गरेका थिए ।

Post a Comment

 
Top