0
निजगढसमाचार, निजगढ, २५ फागनु ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढस्थित बकैया पुलमा ठुला सवारी संचालनमा अवरोध भएको छ । अम्लेखगञ्जबाट पेट्रोल बोकेर पुर्व तर्फ जाँदै गरेको ना.२ ख. ६०३८ नम्बरको तेल ट्रयाङ्कर पुलको पश्चिम मुखमा विग्रिए पछि सडकमा ठुला सवारी साधन प्रवेश गर्न नसक्ने भएको हो ।
अन्य समयमा समेत एक तर्फि सवारी संचालन हुँदै आएको पुलमा ट्रयाङ्करको स्प्रिङ्ग पट्टा भाँचिएपछि मोटरसाईकल र मयुरी बाहेका सवारी प्रवेश गर्न असहज भएको हो । आज साँझ साढे ५ बजे देखि पुलबाट आवागमन रोकिएपछि ट्राफिक प्रहरीले पुलको दक्षिणतर्फबाट बाईबास गरेर सवारी संचालन गरिरहेको छ । नयाँ बाईपास भएका कारण खोलामा ट्रक फसेको छ । तेल पल्टी गरेर ट्रयाङ्कर हटाउने तयारी भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख रिपेन्द्र सिंहले जानकारी दिए ।

Post a Comment

 
Top