0

निजगढसमाचार, निजगढ, २७ फागुन ।

कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध आज निजगढमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिने भएको छ ।
आनन्दबजरामा भारतीय प्रहरीको गोलीबाट पुनरर्वास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा आज दिउँसो बाराको निजगढमा ‘हामी युवा’ समुहले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गर्न लागेको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत निजगढमा प्लेकार्ड सहित राष्ट्रिय झण्डा प्रदर्शन गर्न लागिएको हामी युवा निजगढका रबिराज दंगालले जानकारी दिए ।
शहीद चोकमा भेला भएर युवाहरुले झण्डा प्रदर्शन पछि कोण सभालाई समेत सम्बोधन गर्ने तयारी छ । संयोजक दंगालले युवा, पत्रकार, विधार्थी, व्यापारी, किसान, शिक्षक, मजदुर, महिला, वुद्दिजिवी लगायत सम्पूर्ण राष्ट्रवादी जनसमुदायलाई कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।
हामी युवा निजगढले यस अघि नाकाबन्दीको विरोधमा निजगढमा ¥याली सहित राष्ट्रिय झण्डा प्रदर्शन गरेको थियो ।

Post a Comment

 
Top