0



निजगढसमाचार, निजगढ, १४ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास गरेका छन् ।
बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाकको औपचारिक शिलान्यास गरेका हुन् ।
फास्ट ट्रयाक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए ।
७६ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।  यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्रयाक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने छ ।
सेनाले यसको निर्माणको कार्यविधि बनिरहेको र निर्धारित समयमै निर्माण सक्ने जनाएको छ ।
फास्ट ट्रयाक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् । मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ ।
 रु एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ ।
मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकार सम्पन्न निर्देशक समिति गठन गरिएको छ ।
प्राधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निगजढ द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्ने बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग दुरगामी महत्वको भएको र यसले देशको भाग्य र भविश्य निर्धारण गर्ने बताए । नेपाली सेनालाई आफूले जत्ति अरुले शायदै बुझेको होला भन्दै प्रधानमन्त्री प्रचण्डले सेनाको भूमिका र महत्व बढोस् भनेर नै द्रुतमार्ग निर्माणको जिम्मा दिएको बताए । समयमै र गुणस्तरीय काम गरेमा सरकारले सेनालाई सम्मान गर्ने बताउनुभयो । प्रचण्डले भने–मलाई सेनालाई गुन लगाउनु थियो । 
मधेस विनाको काठमाडौं र काठमाडौं विनाको मधेस सम्भव नभएको भन्दै उनले भने, ‘द्रुतमार्गले हिमाल र पहाडलाई मधेसी मनसँग जोड्छ र भेदहरु हटाउँछ ।’ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन भूमिका खेलेको भन्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र वनमन्त्री शंकर भण्डरी र रक्षा मन्त्री बालकृष्ण खाँणको प्रशंसा गरे ।
आफ्नो सरकारले लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालो तर्फ लगेको र ७.५ प्रतिशतको आर्थिक बृद्धिद्धर हालिस गरेको भन्दै उनले भने, ‘चमत्कार गर्न सकिँदो रहेछ ।’
अब आउने सरकारले ७.५ प्रतिशतको आर्थिक बृद्धिद्धर ‘मानक’ को रुपमा रहेकाले अब अरु सरकारले घटाए लाजमर्दो हुने समेत उनले बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र रक्षा मन्त्री बालकृष्ण खाँणले सम्बोधन गरेका थिए । कार्यक्रमका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले दश ठाउँबाट निर्माणको काम सुरु गर्ने बताउनुभयो ।
फास्ट ट्रयाकले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा पनि सघाउ र्पुयाउने छ ।फास्टट्रयाक निर्माणका लागि सरकारले २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्को निर्णय गरी नेपाली सेनालाई निर्माणको जिम्मा दिएको हो । फास्टट्रयाक निर्माणका लागि ७ जनाको अधिकार सम्पन्न निर्देशक समिति बनाइएको छ ।
योजना प्रमुख खाँडले राष्ट्रिय अन्तराष्ट्रिय परामर्शदाता छनौट गरेर काम गर्ने बताउनुभयो । पहाडमा २३ मिटर र तराईमा २५ मिटरको बाटो हुने छ भने ९९ वटा पूल निर्माण हुने छ । काठमाडौंबाट ६ वटा प्रवेश मार्ग बनाइने खाँडको भनाई छ । ६५ देखि छिटोमा १ सय २० स्पिडमा गुद्न सक्छन् । 
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले समयै काम सक्ने प्रतिवद्वता जनाउँदै विश्वास गरेर फास्ट ट्रयाक बनाउने जिम्मेवारी दिएको भन्दै सरकारलाई धन्यावाद ब्यक्त गर्नुभयो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
उर्जा राज्यमन्त्री सत्यनारायण भगत पूर्वमन्त्री प्रभु साह, फर्मुला मन्सुर, पुरुषोत्तम पौडेल, सासंदहरु रामअयोध्या यादब, मधु शाही लगायतको उपस्थिति रहेको थियो ।
स्वागतमा ¥याली
फास्ट ट्रयाक र एयरपोर्ट निर्माणका लागि दबाब मुलक कार्यक्रम संचालन गर्दै आएको फास्ट ट्रयाक, एयरपोर्ट मुल ब्यवस्थापन तथा सरोकार समितिले स्वागत ¥याली निकालेको छ । आफ्नो माग पुरा भएको भन्दै शिलान्यास गर्न आईपुगेका प्रधानमन्त्री र मन्त्रीहरुको स्वागतमा पञ्चेबाजा सहित निजगढ शहीद चोकदेखि फास्ट ट्रयाक प्रवेशद्धारसम्म ¥याली निकालिएको समितिका संयोजक रबिराज दंगालले बताउनु भयो । ¥यालीमा विभिन्न जाती समुदायले आफ्नो भेषभुषामा सहभागिता जनाएका थिए । ¥यालीमा सहभागिले आयो, आयो फास्ट ट्रयाक आयो भन्दै नारा समेत लगाएका थिए । ¥यालीमा योजना टोल विकास संस्थाले पनि सहभागिता जनाएको थियो ।



Post a Comment

 
Top