0

निजगढसमाचार, निजगढ, १८ जेठ ।

निजगढ–६ बागदेवस्थित बागदेब दुग्ध उत्पादक सहकारी सस्था लि. देशकै उत्कृष्ट दुग्ध उत्पादक सहकारीको रुपमा सम्मानित भएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्डको आयोजनामा बिश्व दुग्ध दिबसको अबसरमा भएको कार्यक्रममा उत्कृष्ठ सहकारीको रुपमा सम्मानित भएको हो ।
   बोर्डले प्रदान गरेको सम्मान संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले ग्रहण गरेका थिए । देशभरीका दुग्ध सहकारी मध्य उत्कृष्ट सहकारीको रुपमा सम्मानित भए पछि अध्यक्ष सापकोटाले सस्था संचालक समिति, लेखा समिती, सल्लाहकार समिति, निबर्तमान समिति, बिभिन्न उपसमिति, कर्मचारी, सेयर सदस्यहरुको र दुध कृषकको सामुहिक मेहनत र परिश्रको उपलब्धि भएको बताएका छन् ।

Post a Comment

 
Top