0
निजगढसमाचार, निजगढ, २५ जेठ ।
असार १४ गते हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र निजगढ नगरपालिकाका १३ वडा मध्ये ११ वटामा उम्मेदवार टुंगो लगाएको छ ।
वडा नं. २ र ७ को उम्मेदवार टुंगो लाग्न बाँकी छ । केहि वडामा अध्यक्ष चयन गरिए पनि सदस्य टुंगो लागेको छैन ।
माओवादी निजगढ निर्वाचन परिचालन कमिटीका संयोजक रबिराज दंगालले आगामी एक÷दुई दिनमा बाँकी वडा पनि उम्मेदवार टुंगो लगाइने बताए ।
वडा नं. १ मा बहादुर सिंह मोक्तानलाई अध्यक्षको उम्मेदवार बनाएको छ । ३ नं. वडामा  हिरालाल बललाई माओवादीले अघि सारेको छ । त्यस्तै रमेश अर्याल ४ नं. वडाको अध्यक्षको उम्मेदवार बनेका छन् ।
यसैगरी ५ नं. वडाको अध्यक्षको उम्मेदवार जयराम तिमल्सिना बनेका छन् । ६ नं. वडा अध्यक्षमा शम्भु गौतम उम्मेदवारमा अघि सारेका छ । त्यस्तै ८ नं. वडा अध्यक्षमा पेमा घ्याम्चो लामा लाई अघि सारेको छ ।
त्यसैगरि ९ नं. वडा अध्यक्षमा केशर थापा मगर उम्मेदवार बनेका छन् ।  १० नं. वडामा कुमार मोक्तान अघि सारिएका छन् । त्यसैगरि विकास लामालाई ११ नं. वडा अध्यक्षमा उम्मेदवार घोषणा गरिएको छ । १२ नं. वडा अध्यक्षमा अवतार सिंह र १३ नं. वडा अध्यक्षमा सोमलाल गोले उम्मेदवार बनेका छन् ।
उपमेयरमा दुई जना प्रस्ताव
माओवादीले निजगढ नगरपालिकाको मेयरमा बेनी बहादुर मोक्तानलाई घोषणा गरे पनि उपमेयरमा दुई जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा जिरीमाया बल र रुकु आर्चायको नाम प्रस्ताव गरिएको छ ।
अखिल नेपाल महिला संघ निजगढको  बैठकले सर्वसम्मत नाम नगरलाई प्रस्ताव गरेको नगर महिला संयोजक धनमाया लामाले जानकारी दिईन् ।

Post a Comment

 
Top