0
निजगढसमाचार, निजगढ, २८ फागुन ।

हावाहुरी सहित शुक्रबार राती भएको वर्षाका कारण निजगढका किसानले क्षति ब्यहोरेका छन् । हावाहुरीले किसानले लगाएको मकै, केरा लगायतका बाली लडाउँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ । हुरीले विभिन्न स्थानका घरहरुको छानो समेत उडाएको जानकारी प्राप्त भएको छ । हुरीले राजमार्ग छेउका विभिन्न संस्थाका होडिङ्ग बोर्ड समेत लगाएको छ । पर्सा वन्य जन्तु आरक्षको पिलुवामा रहेको बोर्ड, फास्ट ट्रयाक प्रवेशद्धारमा जानकारी मुलक बोड समेत लडाएको छ । ईलाका प्रहरी कार्यालय निजगढले क्षतिको विवरण आईनसकेको जनाएको छ ।

Post a Comment

 
Top