0
पत्रकार सम्मेलन 
निजगढसमाचार, निजगढ, ३ मंसिर ।
एम्बुलेन्स खरिद गर्ने उद्देश्यले बाराको गढीमाई–१६ पिलुवामा आयोजना गरिएको  श्रीमद्भागवत महायज्ञमा ३० लाख ३३ हजार ९ सय ७ रुपैँया आर्थिक संकलन भएको छ ।
महायज्ञ मुल आयोजक समितिले आज वनदेवी मन्दिर परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर आयब्यय सार्वजनिक गर्दै समितिका अध्यक्ष माधव प्रसाद मैनालीले यस्तो जानकारी गराएका हुन् ।
    कार्तिक २२ गते देखि २९ गतेसम्म भएको महायज्ञमा ६ लाख ६० हजार एक सय २१ रुपैँया खर्च भएको आयोजक समितिले जनाएको छ । महायज्ञमा कृष्ण खरेलले तीन लाख ११ हजार एक स ११, पोखराका बसन्त गुरुड्डले तीन लाख नौं हजार नौं सय ९९ रुपैया, सांसद मधु शाही ठकुरीले १ लाख पचास हजार, भोलाकाजी श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैया दान गरेका छन् । त्यस्तै कमल प्रसाद खरेलले ७५ हजार पा“च सय ५५ रुपैया, मदन प्रसाद उप्रेतीले ५५ हजार पाच सय ५५ रुपै“या, सखुईका हरिचन्द्र यादबले ५१ हजार एक सय ५१, हाल अमेरिका बस्दै आएका केदार लाल मैनालीले ५० हजार पाच सय ५५, दिनेश न्यौपानेले ५० हजार एक सय ५१ रुपै“या दान गरेका समितिका कोषाध्यक्ष कुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष श्याम उप्रेती, अर्जुन बजगाई, सचिव सानु उप्रेती, ओम उप्रेती, सल्लाहकार समिति सदस्य केदार बजगाँई लगायत स्थानीयवासीको सहभागिता रहेको थियो । महायज्ञमा यूवा पंडित सुर्दशन चालिसेले कथा वाचन गरेका थिए । 
यसैविच मन्दिर परिषरमा आज एक कार्यक्रमका विच बृक्षारोपण गरिएको छ । मन्दिर परिषरलाई हरियाली बनाउने उद्देश्यले पहिलो चरणमा २१ वटा सालका विरुवा बृक्षारोपण गरिएको हो ।

Post a Comment

 
Top