0
निजगढसमाचार, निजगढ, ३ मंसिर ।
नेकपा एमाले प्रथम निजगढ नगर अधिवेशन मंसिर ११ मा हुने भएको छ । नेकपा एमाले निजगढ नगर अधिवेशन आयोजक समितिले आज होटल हाईवेमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी गराएको हो ।
अधिवेशनको उद्घाटन निजगढ–९ ठाडोलाईस्थित गौरीशंकर क्याम्पसमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
अधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक तिलक घलानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सदस्यद्धय नारायण प्रसाद गौतम, रामजी बजगाई, निवर्तमान निजगढ गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, क्षेत्रिय कमिटि सदस्य रुपेन्द्र धमला, वडा अध्यक्ष थानेश्वर सापकोटा, युवा संघ निजगढ नगर अध्यक्ष माधव न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रचार समिति सदस्य थानेश्वर सापकोटाले गरेका थिए ।

Post a Comment

 
Top