0
पुष्पराज खतिवडा, मनहर्वा, २ मंसिर ।
बाराको मनहर्वा गाविस वडा नंं.३ बंकुलटोलका मान बहादुर श्रेष्ठ अघिल्लो पुष महिना देखी बिरामी छन् । सुरुमा देब्रेहातको औंला दोबार्न गाहे भयो भनी देखिएको सामान्य लक्षण शरीर भरी बढ्दै जाँदा सोही बैशाखबाट उनी थला परे । चैत्र अन्तिमसम्म बोल्दै चल्दै गरेका श्रेष्ठ बैशाखदेखि बोल्न चटपटाउन समेत नसक्ने भएका छन् । 
  थलापर्नु अगाडी मान बहादुरलाई कलैया, विरगजंहुँदै काठमाण्डौं सम्म लगेर उपचार गरेको उनकी पत्नी लक्ष्मी श्रेष्ठले सुनाईन् । जसोतसो एक लाख रुपैंया खर्च ग¥यौं । डाक्टरले ठिक हुन्छ, भन्थे वहाँलाई झनै पो गाहे भो । अव त उपचार गराउने अवस्था मसँग छैन । मार्न मिलेन उपचार गर्न गरिब भनेर कसैले पत्याउँदैनन् । के गर्नु वहाँको मृत्यु कुर्नु शिवाय मसँग अर्को उपाय छैन, भक्कानिदै लक्ष्मीले सुनाईन् ।
गत बैशाष देखि थलापरेका मान बहादुरलाई दिशापिसाब आएको समेत थाहा हुँदैन । देब्रे हात सामान्य हल्लाउने उनी बोल्न सक्दैनन् । छिनछिनमा वाउ वाउ गरेर चित्कारछन् । श्रेष्ठको परिवारले आर्थीक अभावमा समयमै उचार गर्न नसक्दा उनको अवस्था दिनप्रतिदिन विग्रँदो छ । सरकारले असायलाई दिने भनेको उपचार सहयोगका बारेमा उनको परिवारलाई थाहा छैन ।
   मेहनती मान बहादुर थलापरेपछी पत्नी लक्ष्मी र सानो छोराको समेत विजोग भएको छ । छरछिमेकीले दिएको पिठो चामलबाट गुजारा चलेको लक्ष्मीले सुनाईन । कमाउने श्रीमान नै थला पर्नु भयो, दिनभरी वहाँको हेरचाह गर्नुपर्छ आफु पनि कतै काममा जान मिल्दैन हाम्रो त विजोग भो हजुर उनले भनिन् ।
उनको पीडामा सहयोग गर्न अपाङ्ग सेवा संघले अपाङ्ग परिचय पत्रका लागी आवश्य सिफारिस गरिदियो तर जिल्ला स्थीत महिला तथा बालबालिका कार्यालय पु¥याउन लाग्ने खर्च समेत नभएको लक्ष्मीले बताईन् । तीन भाई छोरा एक छोरीका पिता मान बहादुरलाई बालक छोराले बाहेक सबैले वास्ता गर्न छाडेका रहेछन् । निमुखा गरिब छिमेकी उनको सहारा बन्न चाहेर पनि सक्दैनन् । सरकारी सहयोगमा मान बहादुरको उपचार भईदिए त्यो परिवारले नयाँ जीवन पाउनेमा आशाबादी बन्न सकिएला ।  

Post a Comment

 
Top