0
निजगढसमाचार, निजगढ, ३ मंसिर ।
नेपाली काग्रेसले तरार्ई मधेस केन्द्रित कार्यक्रम अन्र्तगत आज बाराको कलैयामा विभिन्न कार्यक्रम गर्दैछ । बीरगंजबाट सुरु हिजो सुरु भएको ‘तरार्ई अभियान’ अन्र्तगत आज बाराको सदरमुकाममा कार्यक्रम गर्न लागेको हो ।
तराई मधेसमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न नसकेको आरोप  लागिरहेका बेला कांग्रेसले ‘तरार्ई अभियान’ थालेको हो । कार्यक्रममा नेपाली कँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको सहभागिता रहने बताइएको छ ।
तरार्ई मधेस केन्द्रित कार्यक्रम अन्तर्गत पर्सा रौतहट, मकवानपुर, चितवन, सर्लाही, महोत्तरी, धनुषामा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
कार्यक्रम अन्तर्गत रौतहटमा आगामी मसिर ४ गते, सर्लाहीमा ५ गते, महोत्तरीमा  रधनुषामा ७ गते कार्यक्रम तय भएका छन् ।  यी जिल्लामा कार्यकर्ता भेला, गोष्ठी, ¥याली, सभा लगायतका कार्यक्रम गरिने बताइएको छ ।
यसैविच हिजो बीरगंजमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने हुंदा समस्या समाधानका लागि सबै गम्भिर हुनु पर्ने कुरामा जोड दिएका थिए ।
नेपाली कांग्रेस पर्साद्वारा वीरगंजमा आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सानो तिनो विवादमा अल्झेर मुलुकले प्राप्त गरेको उपलब्धीलाई गुम्न दिन नहुने बताए ।
उनले कांग्रेस एमाले र माओवादी मिलेर जारी गरेको संविधान कार्यान्वयनका लागि एमालेलाई लचकता अपनाउन आग्रह गर्दै मधेशी मोर्चाले पनि केही कुरा छाडेर सहमतिमा आउनु पर्ने कुरामा जोड दिए ।
उनले संविधान जसरी पनि कार्यान्वयनमा आउनु पर्ने कुरामा जोड दिदै सिमांकनको पुर्नसंरचना गरी चैत्र सम्म जसरी पनि स्थानिय निकायको निर्वाचन हुने व्यवस्था मिलाउनु पर्ने बताए ।
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन पछि मुलुक सम्बृद्धिको दिशामा अगाडी बढने बताउदै कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण गर्न सके मात्रै मधेशको उन्नति हुने कुरामा जोड दिए ।
एक फरक प्रसंगमा नेता पौडेलले लोकमान सिंह कार्कीले बदमासी गर्दैमा अख्तियार नै चाहिदैन भन्नु गलत भएको बताउदै लोकमानको नाममा अख्तियारलाई समाप्त पार्ने खेल कतैबाट हुनुहुदैन धारणा राखे ।
प्रजातान्त्रिक सेनानी हरिहर गुप्ताको सभापतित्वमा  शुरु भएको कार्यकर्ता भेलामा केन्द्रिय सदस्य रामकृष्ण घिमिरे, रामकृष्ण यादव, रमेश रिजाल, अजय चौरसिया, महम्मद अफताब आलम, शोभाकर पराजुली, सांसद राजेन्द्र बहादुर अमात्य लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका प्रेस युनियनका मधेश विभाग प्रमुख बिजय कुश्वाहले जानकारी दिएका छन् ।

Post a Comment

 
Top