0
निजगढसमाचार, निजगढ, ५ मंसिर
बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं द्रुतमार्ग (फास्टट्रयाक) मा गर्न लागिएको पैद यात्राको विषयमा  आज छलफल कार्यक्रम हुँदैछ ।
अभियानको अगुवाई गरिरहेका निजगढका युवा रविराज दंगालको आह्वानमा पदयात्राको विषयमा सल्लाह, सुझाव, सहभागिता र सहयोगका लागि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा विहान ११ बजे छलफल गर्न लागिएको हो ।
    द्रुतमार्ग र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्याकर्षण गराउने उद्देश्यले मंसिर १७ गतेबाट ‘फाष्ट ट्रयाक मार्गमा पैदल यात्रा’ गर्न लागिएको छ । मध्यतराईका बारा, पर्सा र रौतहत जिल्लाका युवाहरुको सहभागितामा पदयात्रा गर्न लागिएको हो ।
कार्यक्रममा दंगालले आन्दोलनका ६ महिने कार्यक्रम समेत सार्वजनिक गर्दैछन् ।
   आन्दोलनका कार्यक्रम अन्र्तगत निजगढ सहित बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानमा घर दैलो र हस्ताक्षर संकलन कार्यक्रम गर्ने, ‘फास्ट ट्रयाक र एयरपोर्ट निर्माणका निम्ति रु.१ लगानी गरौं’ भन्दै घरघरमा पुगेर संकलित रकम प्रधानमन्त्री, प्रमुख पार्टीका शिर्ष नेतालाई भेटेर बुझाउने, एक सय दिने रिले अनशन, राष्ट्रिय सभागृह काठमाण्डौंमा डकुमेन्ट्रि प्रदर्शन, सरोकारवालाहरुसंग ब्यापक अन्र्तकृया कार्यक्रम, एक सय दिन रिले अनशन लगायतका कार्यक्रम गर्ने जनाईएको छ ।

Post a Comment

 
Top