0
निजगढसमाचार, निजगढ, ५ मंसिर
बारामा प्रस्तावित निजगढ–काठमाण्डौं द्रुतमार्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विरुद्धमा सरकारलाई ध्यानकर्ष गराउने उद्देश्यले आईतबार निजगढमा संघर्ष समिति गठन भएको छ । 
बारा उद्योग वाणिज्य संघ निजगढको शभाहलमा आयोजित भेलाले रविराज दंगालको संयोकत्वमा ५१ सदस्यि फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति बारा गठन गरेको हो । गठित समितिमा निजगढ, रतनपुरी, सिंगौल, चन्द्रनिगाहापुर, कलैया, सिमरा, अमलेखगञ्ज, पीलुवा लगायतका स्थानीय सदस्य छन् । समितिलाई विस्तार गर्दै लैजाने तयारी छ । समितिमा उद्योग वाणिज्य संघ निजगढ शाखाका टेकबहादुर लामा, होटल ब्यवसायि संघ बाराका अध्यक्ष मोहन शर्मा, केदार गौतम, केदार बजगाई, दिनेश खतिवडा, बलराम तिमल्सिना, प्रमोद सिग्देल, रमेश कार्की, बिदुर खड्का, रामकृष्ण घिमिरे, कल्पना खरेल, मुक्ति लामा, मनिक कुश्वाह, सुमन लामा, दिपक पन्त लगायत छन् । 
त्यस्तै हिरा थापा मगर, कृष्ण प्रसाद ढुंगेल, शुभाष चौलागाई, हरि घिमिरे, रामप्रसाद खनाल, दुर्गा बहादुर रुम्बा, बिरेन्द्र ठाकुर, श्याम श्रेष्ठ, उज्वल थापा, धनमाया लामा, विकास लामा, सारदा मानन्धर, कृष्ण सिंह ठकुरी, सुरेश घलान, गब्बर लावती, अजय लामा, बेनीबहादुर पाण्डे, शुदर्शन दंगाल, अरुण लामा छन् । त्यसैगरि उदयराज अधिकारी, माधव मैनाली, प्रदिप साह, अनुप अधिकारी, धनबहादुर खुलाल, मिना लामा लगायत छन् । कार्यक्रमको सहजिकरण पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।
नव गठित समितिले बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) मा मंसिंर १७ गते देखि पैद यात्रा समेत गर्ने भएको छ । मध्यतराईका बारा, पर्सा र रौतहत जिल्लाका युवाहरुको सहभागितामा पदयात्रा गर्न लागिएको हो ।
समितिले भोली निजगढमा पत्रकार सम्मेलन गरेर आन्दोलनका ६ महिने आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिका संयोजक दंगालले बताए ।

Post a Comment

 
Top