0
निजगढसमाचार, निजगढ, ११ मंसिर ।
साउदी अरबमा रहेका नेपाली कामदारको समस्याको बारेमा नेपाली साझा मञ्चले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले प्रथम निजगढ अधिवेशन उद्घाटन गर्न बाराको निजगढ आएका पूर्वप्रधानमन्त्री ओलीलाई मञ्चका अन्र्तराष्ट्रिय अभियन्ता रामकृष्ण घिमिरेले ज्ञापन पत्र बुझाएका हुन् ।
बारा निजगढका स्थानीय समेत रहेका अन्र्तराष्ट्रिय अभियन्ता घिमिरेले ज्ञापन पत्र मार्फत साउदी अबरमा नेपाली कामदारको समस्या र समाधान बारे समेत सुझाएका छन् । मञ्चले प्रमुख राजनीतिक दलका शिर्ष नेता र सम्बन्धित मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने अभियान अन्र्तगत एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाईएको मञ्चका अभियन्ता घिमिरेले जानकारी दिए ।

Post a Comment

 
Top