0
निजगढसमाचार, निजगढ, ११ मंसिर ।
अन्र्तरपार्टी महिला सञ्जाल निजगढ नगर कमिटिले बाराको निजगढ–१० लालमा संचालित गरिब, अनाथ बालबालिका निःशुल्क अध्ययनरत हाम्रो मामाघरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
     सञ्जालकी अध्यक्षा डोल्मा लामाले मामाघरका संचालक उदयराज अधिकारीलाई १२ हजार ४० रुपैँयाको चेक हस्तान्तरण गरेका हुन् । 
   सञ्जालले तिज विशेष कार्यक्रममा संकलन गरेको ७ हजार र सञ्जालको कोषबाट ५ हजार थप गरेर सहयोग हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा सञ्जालकी सचिव कल्पना खरेल, सल्लाहकार सावित्रि भारती, विष्णु नेपाल, पशु सेवा ईकाई निजगढका प्रमुख युगलकिशोर सिंह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
    कार्यक्रममा सञ्जालकी उपाध्यक्ष देबकुमारी गौतम, समाजसेवी रविराज दंगाल, महिला समन्वय समिति निजगढकी उपाध्यक्ष प्रमिला नेपाल, निजगढसमाचारका कार्यकारी सम्पादक महेश्वर अधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता उदयराज अधिकारी र संचालन अमृत अधिकारीले गरेका हुन् ।

Post a Comment

 
Top