0
निजगढसमाचार, निजगढ, ९ मंसिर ।
बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) मा गर्न लागिएको पैद यात्राको विषयमा बारा उद्योग वाणिज्य संघ निजगढ शाखाले एक्यवद्धता जनाएको छ ।
    संघका अध्यक्ष टेकबहादुर लामाको अध्यक्षतामा आज बसेको बैठकले फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति बाराले घोषणा गरेको ६ महिने कार्यक्रम प्रति एक्यवद्धता जनाउँदै मंसिर १७ गते देखि सुरु हुने पैदल यात्रा सफल पार्न प्रवेशद्धार र विदाई कार्यक्रम गर्ने निर्णय गरेको हो ।
     बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले संघर्ष समितिले ६ महिने विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
   मध्यतराईका बारा, पर्सा र रौतहत जिल्लाका युवाहरुको सहभागितामा पदयात्रा गर्न लागिएको समितिले अहिले घरदैलो कार्यक्रम मार्फत एयरपोर्ट फास्ट ट्रयाक निर्माणका लागि एक रुपैया लगानी गरौं भन्दै रकम संकलन गरिरहेको छ । समितिले भोलीदेखि बारा, पर्सा र रौतहटका विभिन्न सार्वजनिक स्थानमा हस्ताक्षर संकलन थाल्ने समितिका संयोजक रविराज दंगालले जानकारी दिए ।

Post a Comment

 
Top