0
निजगढसमाचार, निजगढ, ११ मंसिर ।
बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले आज बाराको निजगढ नगरपालिकास्थित भरतगञ्ज सिंगौलमा र लालमा घरदैलो तथा हस्ताक्षर संकलन सुरु भएको छ । 
फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति बाराले सार्वजनिक गरेको ६ महिने विभिन्न आन्दोलनका कार्यक्रम अन्र्तगत बाराको निजगढको शहीद चोक, गढीमाई–१६ पीलुवा, रौतहटको चन्द्रपुरमा हिजो बाट सुरु भएको हस्ताक्षर संकलन अभियान आज दोस्रो दिन पनि जारी छ ।
समितिले घरदैलो कार्यक्रम मार्फत एयरपोर्ट फास्ट ट्रयाक निर्माणका लागि एक रुपँैया लगानी गरौं भन्दै रकम समेत संकलन गरिरहेको छ । बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) मा मंसिर १७ गते देखि पैदल यात्रा समेत गर्दैछ । 
यसैविच संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम प्रति अन्र्तरपार्टी महिला सञ्जाल निजगढ नगर कमिटिले एक्यवद्धता जनाएको छ । सञ्जालको आज बसकेको बैठक पछि अध्यक्ष डोल्मा लामाद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै विकास निर्माण कार्यमा भईरहेको ढिलासुस्तीको विषयमा हुन गईरहेको आन्दोलनमा सहभागी हुन समेत सबैसंग आह्वान गरेकी छिन् । त्यस्तै होटल ब्यवसायि संघ बाराले पनि विज्ञप्ती निकालेर आन्दोलनप्रति एक्यवद्धता जनाएको छ । संघका जिल्ला अध्यक्ष मोहन शर्मा लामिछानेले विज्ञप्ती जारी गर्दै सरकारले घोषणा गरेको आयोजना अघि बढेमा यस क्षेत्रको ब्यवसाय प्रवद्र्धन हुने भन्दै त्यसका लागि आन्दोलनमा सहभागि हुन सबै ब्यवसायिलाई आह्वान समेत गरेको छन् ।
यस अघि राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर कमिटि, बारा उद्योग वाणिज्य संघ निजगढ शाखाले पनि आन्दोलनप्रति एक्यवद्धता जनाई सकेको छ ।

Post a Comment

 
Top