0
निजगढसमाचार, निजगढ, ११ मंसिर 
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल बनिसकेको बताएका छन् । नेकपा एमाले निजगढ नगर कमिटिको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
    बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले निजगढमा आन्दोलनका कार्यक्रम भईरहदाँ ओलीले यस्तो प्रतिकृया जनाएका हुन् । ओलीले मधेसका मसियाहरुले किन यस्ता आयोजनाका विषयमा कुरा उठाउँदैनन् भन्दै प्रश्न गरेका थिए । 
    सरकार प्रति कटाक्ष गर्दै प्रमुख प्रतिपक्ष दलका अध्यक्ष ओलीले सरकारले पहिचानको रटान लगाएर जनतालाई अल्मल्याउने काम गरिरहेको आरोप लगाउँदै भने–सरकारले भ्रमको डम्फु बजाईरहेको छ ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार नढलेको भए फास्ट ट्रयाकमा अहिले डोजर चलिरहेको हुने समेत बताए । सरकारले आफै निर्माण गर्न १० अर्व रुपैँया छुट्टाएपनि काम अघि बढ्न नसकेको बताउँदै अध्यक्ष ओलीले फास्ट ट्रयाक बन्न नदिन विदेशीसंग मिलेर केहि भ्रष्ट तत्व लागेको समेत आरोप लगाए ।
      निजगढ नगर कमिटिको तर्फबाट अध्यक्ष ओलीले सम्मान गरिएको छ । नगर अध्यक्ष दिलबहादुर लामाले अध्यक्ष ओलीले सम्मानपत्र प्रदान गरेका थिए । अधिवेशनलाई एमाले नेता मुकुन्द न्यौपाने लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब पाँच दर्जन न कार्यकर्ता प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।
यसैविच नगर अधिवेशको बन्द सत्र केहि बेरमा सुरु हुँदैछ । 

Post a Comment

 
Top