0
आन्दोलनप्रति राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर कमिटिको एक्यवद्धता
निजगढसमाचार, निजगढ, १० मंसिर

बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले आजदेखि हस्ताक्षर संकलन सुरु भएको छ । 

     फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति बाराले सार्वजनिक गरेको ६ महिने विभिन्न आन्दोलनका कार्यक्रम अन्र्तगत बाराको निजगढको शहीद चोकबाट हस्ताक्षर संकलन सुरु गरिएको हो । बारा उद्योग वाणिज्य संघ निजगढ शाखाका उपाध्यक्ष प्रमोद सिग्देलले हस्ताक्षर गरेर कार्यक्रम सुरु गरिएको हो । आजबाट नै गढीमाई–१६ पीलुवा, रौतहटको चन्द्रपुरमा पनि हस्ताक्षर संकलन सुरु गरिन लागेको संघर्ष समितिका संयोजक रविराज दंगालले जानकारी दिनुभयो ।
    समितिले घरदैलो कार्यक्रम मार्फत एयरपोर्ट फास्ट ट्रयाक निर्माणका लागि एक रुपँैया लगानी गरौं भन्दै रकम समेत संकलन गरिरहेको छ । बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) मा मंसिर १७ गते देखि पैदल यात्रा समेत गर्दैछ । 
    यसैविच संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम प्रति राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर कमिटिले एक्यवद्धता जनाएको छ । पार्टीका नगर अध्यक्ष मोजहर मन्सुरले आज एक विज्ञप्ती जारी गर्दै विकास निर्माण कार्यमा भईरहेको ढिलासुस्तीको विषयमा हुन गईरहेको आन्दोलनमा सहभागी हुन समेत सबैसंग आह्वान गरेका छन् ।

Post a Comment

 
Top