0
निजगढसमाचार, निजगढ, १३ मंसिर
बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले सुरु भएको आन्दोलन प्रति बीरगंज उद्योग वाणिज्य संघले एक्यवद्धता जनाएको छ ।
संघको कार्यालयमा आज दिउँसो फाष्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति र ब्यवसायि विच भएको बैठकपछि संघले आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । संघका अध्यक्ष प्रदिप केडियाको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निष्कर्षमा पु¥याउने आवश्यक सहयोग गर्ने समेत प्रंतिवद्धता जनाएको संघर्ष समितिका संयोजक रविराज दंगालले जानकारी दिए ।
त्यस्तै आन्दोलन प्रति नेकपा माले निजगढ नगर कमिटिले पनि एक्यवद्धता जनाएको छ । नगर अध्यक्ष शंकर कुमार चिमरियाले एक प्रेस विज्ञप्ती जारी गरि आन्दोलन प्रति एक्यवद्धता जनाएका हुन् । त्यस्तै नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाले पनि आन्दोलनका कार्यक्रम प्रति एक्यवद्धता जनाएको छ । उपशाखा सभापति कृष्ण प्रसाद खरेलले आन्दोलनका कार्यक्रम प्रति रेडक्रसको एक्यवद्धता रहेको बताए ।
यसैविच बीरगंजको घण्टाघर चोकमा आजदेखि हस्ताक्षर संकलन सुरु भएको छ । संघका अध्यक्ष केडिया र पूर्व सभासद् ओमप्रकाश शर्माले संयुक्त रुपमा हस्ताक्षर गरे कार्यक्रम शुभारम्भ गरेका हुन् । कार्यक्रममा पूर्व सभासद् शर्मा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष केडिया, महासचिव सुवोध गुप्ता, होटल ब्यवसायि संघ पर्साका तबरेज आलम, बारा अध्यक्ष मोहन शर्मा लामिछाने, विद्यार्थी नेता सन्तोष घिमिरे, दिलिपराज कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
     फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समिति बाराले सार्वजनिक गरेको ६ महिने विभिन्न आन्दोलनका कार्यक्रम अन्र्तगत आजदेखि रतनपुर र अम्लेखगञ्जमा पनि हस्ताक्षर संकलन सुरु गरिएको छ । यसअघि सिमरा, पीलुवा, सिंगौल, निजगको शहीद चोक र रौतहटको चपुर चोकमा पनि हस्ताक्षर संकलन जारी छ । ती स्थानमा समितिले घरदैलो कार्यक्रम मार्फत एयरपोर्ट फास्ट ट्रयाक निर्माणका लागि एक रुपँैया लगानी गरौं भन्दै रकम समेत संकलन गरिरहेको छ । 
   समितिले आन्दोलनका कार्यक्रम अन्र्तगत बाराको निजगढबाट तराई–राजधानी जोड्ने राष्ट्रिय गौरबका आयोजना निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) मा मंसिर १७ गते देखि पैदल यात्रा समेत गर्दैछ ।  

Post a Comment

 
Top