0

निजगढसमाचार, निजगढ


नेकपा एमालेको प्रथम निजगढ नगर अधिवेशनमा नेताहरुलाई निर्वाचन मण्डलले झुक्याँएर कमिटि गठन गरेको आरोप लागेको छ ।
निर्वाचन अधिकृत राधेश्याम शिवाकोटीले पदाधिकारी चयनमा सहमति हुन नसकेको भन्दै प्रकृया सुरु गर्ने भएकाले ‘समय लाग्छ’ भन्दै नेताहरुलाई घर पठाएको आरोप लगाईएको हो ।
एमाले नेता अम्बिका चौलागाईले निर्वाचन मण्डलले प्रकृया सुरु गर्नु पर्ने भएकाले ब्यालेट बनाउन समय लाग्ने भन्दै घर फर्किदा हुन्छ भन्दै आफुहरुलाई पठाएर मनोमानी ढङ्गले कमिटि गठन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कमिटिको सचिव पदमा समेत ‘बाईपास’ गरेर आफु निकटलाई चयन गरेको नेताहरुले आरोप लगाएका छन् ।
पहिला सहमतिमा थानेश्वर सापकोटा र तिलक घलानले उम्मेद्धवारी दिएकोमा सापकोटाको सदस्यता नभएको भन्दै रद्ध भए पछि घलानलाई सर्वसम्मत नगरेर पुनः उम्मेदवारी खुल्ला गरेको असन्तुष्ट पक्षको आरोप छ । 
निर्वाचन अधिकृत शिवाकोटीले आफुलाई पनि असन्तुष्ट पक्षले फोन गरेर आज मात्रै कुरा राखेको बताए ।‘पहिला भुगोल समेटेर सदस्य पद टुङ्गायौं, शिवाकोटीले भने–पदाधिकारीमा सहमति हुन समय लागेपछि मैले सहमतिका लागि मनोबैज्ञानिक रुपमा दबाब दिएको कुरा नबुझेर साथीहरु घर गएछन् । उनले भने–जिम्मेवार साथीहरु कार्यतालिका नसकिदै हिड्नु हुँदैनथ्यो । अहिले आरोप लगानुको अर्थ छैन् ।’
पहिलो चरणमा सचिव पदमा सहमति नभएपछि समय थप गरिएको र दोस्रो चरणमा घलानले उम्मेदवारी नदिएको निर्वाचन अधिकृत शिवाकोटीको दाबी छ ।
यसैविच नेकपा एमाले निजगढ नगर कमिटिको अध्यक्षमा दिलबहादुर लामा सर्वसम्मत चयन भएका छन् । नगरको प्रथम अधिवेशनबाट लामाको अध्यक्षतामा ३५ सदस्यि कार्यसमिति चयन भएको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षमा चनक भट्टराई, सचिवमा विदुरलाल श्रेष्ठ, उपसचिवमा मानबहादुर तामाङ्ग चयन भएका छन् ।
   निजगढ–९ ठाडोलाईनस्थित गौरीशंकर क्याम्पसमा भएको बन्दसत्रबाट कार्यसमिति सर्वसम्मत चयन भएको हो । लामा नगरको संस्थापक संयोजक हुन् । लामा पार्टीको माधव नेपाल समुह निकट हुन् । उनी जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष समेत हुन् । 

Post a Comment

 
Top