0
निजगढसमाचार, निजगढ, १६ मंसिर ।

बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्र्ग (फास्टट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले निजगढ–काठमाण्डौं फाष्ट ट्रयाकमा गर्न लागिएको पैदल यात्राको सम्पूर्ण तयारी पुरा भएको छ ।
फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समितिले आज बाराको निजगढस्थित शहीद चोकमा पत्रकार सम्मेलन आयोजना गरेर पैदल यात्रा तयारी विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक रविराज दंगालले बारा, पर्सा, रौतहट र मकवानपुरका गरि जम्मा ५१ जनाको यात्रामा सहभागिता रहने जानकारी दिए ।
यात्रा टोलीलाई भोली विहान साढे १० बजे निजगढ शहीद चोकबाट भब्य ¥याली सहित फास्ट ट्रयाक प्रवेशद्धारसम्म पुगेर बिदाई गर्ने तयारी रहेको उद्योग वाणिज्य संघ निजगढका उपाध्यक्ष प्रमोद सिग्देलले जानकारी दिनुभयो । विदाईका लागि दुई वटा प्रवेश द्धार बनाईएको छ ।
अन्र्तपार्टी महिला सञ्जाल, युथ अफ निजगढ, विभिन्न विद्यालय, सहकारी लगायत विभिन्न संघसंस्थाको सहभागितामा हुने विदाई कार्यक्रममा उद्योग वाणिज्य संघ बीरगंज, मध्यमाञ्चल उद्योग वाणिज्य संघ, नारायणी यातायात ब्यवसायि संघ, तराई यातायात ब्यवसायि संघ, रौतटह उद्योग वाणिज्य संघ, बारा, पर्सा, रौतहट, सलार्ही जिल्ला होटल ब्यवसायि संघ लगायतको सहभागि हुने जानकारी समितिले गराएको छ ।
टोली मंसिर १७ गते साँझ मकवानपुरको छतिवन पुग्ने, मंसिर १८ गते राती ठिङ्गन र मंसिर १९ गते साँझ ललितपुरको बुंगमति कार्यबिनायकमा बास बस्ने तालिका अनुसार ब्यवस्थापन गरिइएको संयोजक दंगालले जानकारी दिनुभयो । टोली मंसिर २० गते विहान ११ बजेबाट टोली एकान्तकुना–सानेपा–कुपन्डोल–थापाथली–माईतीघर पुगेपछि तराईवासी लगायत मकवानपुर र ललितपुरवासीको सहभागितामा विशाल ¥याली सहित प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्ने कार्यक्रम रहेको छ । टोलीले प्रधानमन्त्री सहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा, मधेसवादी दल सहित विभागिय मन्त्रीहरुसंग भेटेर जनताबाट संकलित पैसा, हस्ताक्षर र ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको दंगालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा ६ महिने संघर्षका कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम यहि मंसिर ७ गते १५ गतेसम्म घरदैलो, हस्ताक्षर र रु. १ संकलन अभियान उत्साहपूर्वक सम्पन्न भएको जानकारी समितिले गराएको छ । बाराको निजगढ शहीदचोक, रतनपुर, लाल, सिंगौल, गढीमाई नपाको सिमरा चोक, पिलुवा, अम्लेखगञ्ज, पर्साको बीरगंजको घण्टाघर, रौतहटको चपुर चोकमा हस्ताक्षर र रु. १ संकलन गरिएको थियो । त्यस्तै निजगढको विभिन्न वडामा घुम्ती टोलीमार्फत समेत यो अभियान संचालन गरिएको थियो । अभियान अन्र्तगत एक सय २० मिटर कपडामा करिब एक लाख हस्ताक्षर  र  करिब ५० हजार रकम संकलन भएको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बारा उद्योग वाणिज्य संघ निजगढ शाखाका उपाध्यक्ष प्रमोद सिग्देल, काठमाण्डौं समन्वय समितिका सदस्य फणिन्द्र पाण्डे महिला समन्वय समितिका संयोजक मिना लामा, युथ अफ निजगढका अध्यक्ष खड्गराज मैनाली, पत्रकार गोकुल गोरासाईने, जीतलाल श्रेष्ठ, रुद्र घिताल लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन संघर्ष समितिका मिडिया संयोजक महेश्वर अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top