0
निजगढसमाचार, निजगढ, १८ मंसिर ।

बारामा प्रस्तावित निजगढ–काठमाण्डौं दु्रतमार्ग (फास्ट ट्रयाक) र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यमा भईरहेका ढिलासुस्तीको विषयमा सरकारलाई ध्यानाकर्ष गराउने उद्देश्यले थालिएको आन्दोलनका कार्यक्रम प्रति नेपाली कांग्रेस निजगढ नगर ईकाई समितिले एक्यवद्धता जनाएको छ ।
     फास्ट ट्रयाक एयरपोर्ट संघर्ष समितिले ६ महिने विभिनन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर निजगढ–काठमाण्डौं पैदल यात्रा थाल्नु अघि बसेको कांग्रेसको बैठकले आन्दोलनप्रति एक्यवद्धता जनाउँदै आन्दोलनमा सहभागि हुने निर्णयमा पुगेको हो । बैठक पछि पार्टी नगर सभापति महेशी कुमरले एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको जगमा मात्र सरकारलाई झक्झकाउन सकिने भएकाले आन्दोलनमा पार्टीको सहभागि हुने समेत जनाएको छ ।
   आन्दोलनप्रति यस अघि नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटि, नेकपा माले निजगढ नगर कमिटि, राष्ट्रिय मधेस समाजवादी पार्टी निजगढ नगर कमिटि सहित अन्र्तपार्टी महिला सञ्जाल, नेपाल तरुण दलले पनि एक्यवद्धता जनाएको छ । त्यस्तै बीरगंज उद्योग वाणिज्य संघ, रौतहट उद्योग वाणिज्य संघ, होटल ब्यवसायी संघ बारा,पर्सा र सलार्ही त्यस्तै नारायणी यातायात ब्यवसायि संघ हेटौंडा, उद्योग वाणिज्य संघद्ध निजगढ, सिमराले आन्दोलन प्रति एक्यवद्धता जनाईसकेका छन् ।
 

Post a Comment

 
Top