0
निजगढसमाचार, निजगढ

बाराको निजगढ–८ शहीद चोक स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा मंसिर १८ गते शनिबार हुने भएको छ ।
संस्थाका कार्यबाहका अध्यक्ष अजय लामाका अनुसार साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
साधारण सभामा विभिन्न सम्मानको कार्यक्रमलाई पनि निरन्तरता दिईने भएको छ ।
उत्कृष्ठ समाजसेवी सम्मान देखि उत्कृष्ठ ऋणी, बचतकर्ता, कर्मचारी, सेयर सदस्य लगायत सम्मानको कार्यक्रम राखिएको काबा अध्यक्ष लामाले बताए ।
उद्योग वाणिज्य संघ निजगढको शभा हलमा विहान साढे आठ बजे उद्घाटन हुने कार्यक्रममा सेयर सदस्य, संचालकहरुलाई कार्यक्रममा सहभागि हुन संस्थाले विभिन्न माध्यमबाट जानकारी गराउने लगायतका तयारी भईरहेको संस्थाका ब्यवस्थापक गोविन्द अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top