0
निजगढसमाचार, निजगढ, १८ मंसिर ।
शिक्षामन्त्री धनिराम पौडेलले संबिधानले अपाङ्गता भएका व्यक्तिहररुको अधिकार सुनिश्चित गरेको बताएका छन् । 
   २५ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाल अपाङ्ग सेवा संघ बारा शाखाले सिमरामा आयोजना गरेको बिशेष कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
    अपाङ्गता भएका व्यक्तिहरुको बिशेष अधिकारको व्यवस्था संबिधानले गरेको भन्दै अपाङ्गमैत्रि संरचना निमार्ण गर्नेतर्फ सरकार अग्रसर भएको उनले बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको सबैले सदैव सम्मान गर्नुपर्ने कुरामा जोड दिए । संबिधानले अपाङ्गता भएकाहररुको सुरक्षा–सुबिधालाई थप व्यवस्थित बनाएको उनले बताए । 
    नेपाल अपाङ्ग सेवा संघ बाराका कार्यबहाक अध्यक्ष धनप्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, उप–निर्देशक कृष्ण घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रिय अध्यक्ष गंगाप्रसाद वाग्ले, जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, पुर्व सभासद जयराम दहाल, माओबादि केन्द्रका नेता राजन पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ठाकुरप्रसाद ढुङ्गानाले गरेका थिए । कार्यक्रमका बिच शिक्षामन्त्री पौडेलले नवनिवार्चित राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रिय अध्यक्ष गंगाप्रसाद वाग्लेलाई सम्मान गरेका थिए ।  
यस वर्षको अन्तरराष्ट्रिय अपाङ्गता दिवस को नारा ‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, शुनिश्चित गरौ हामीले चाहेको भविष्य’ तय गरिएको छ ।

Post a Comment

 
Top